२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

मोरङको धनपालथान गाउँपालिकामा आगलागीमा परेर एक बालिकाको मृत्यु, ९ घर जले

Untitled
Untitled
Untitled

विराटनगर, मोरङमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका-६ को कदमा गाउँमा मङ्गलबार दिउँसो आगलागी भएको थियो ।

आगलागीमा अनित मियाकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीमा ९ वटा घर जलेका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन् ।

Untitled
Untitled
Untitled