२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

Untitled
Untitled
Untitled

काठमाण्डू, खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए।

ना१ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ को सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएको माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले बताए ।

‘खोटाङबाट बिरामी लिएर काठमाडौं हिँडेको सुमो रातको साढे १२ बजेतिर दुर्घटना भएको रहेछ । बिहान मात्रै खबर थाहा पायौं । चालक फरार छन् ।’उनले भने।

 

Untitled
Untitled
Untitled