२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

अखिल क्रान्तिकारी निर्वाचनमा सात प्रदेशको मतगणना सकियो, सापकोटा र राईबीच कडा प्रतिस्पर्धा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सात प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार अध्यक्षमा विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन समितिकाअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सापकोटा ४८१ मतसहित अग्रस्थानमा रहेका छन् ।

राई ४६१ मतका साथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका उपदेश यादवले २२१ मत पाएका छन् भने चौथो स्थानका सुदिन पौडेलले १४४ मत प्राप्त गरे ।

विवादका कारण विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश समितिको मतगणना सुरु हुन सकेको छैन् । मतपत्र हराएको, मतपत्रमा कालो मसी र रातो मसी लगाएपछि मतगणना रोकिएको हो ।

मतगणना सुरु गर्नेबारे निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ । क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो ।

Untitled
Untitled
Untitled