२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इन्स्पेक्टर बिनु शाही फरार

Untitled
Untitled
Untitled

काठमाडौं । हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन्।

पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्।

Untitled
Untitled
Untitled