२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कोशीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा

Untitled
Untitled
Untitled

सुनसरी, लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरूमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कनकाई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीले खतरा तह पार गरिसकेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

Untitled
Untitled
Untitled