चितवन, तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ ।
दुर्घटनामा मृत्यु भएका उनीहरुको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो ।
शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो ।
वायुसेनाको विमानमार्फत् २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसअघि भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।