२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले मानेनन् पोलिग्राफ गराउन, अदालतमा आज बयान गराइँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न मानेका छैनन् ।

अनुसन्धानको क्रममा उनको बयान शंकास्पद लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले नमानेका हुन् ।

प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौं प्रहरीलाई दिएकी छन् ।

दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेको अडिओ भेटिएको छ ।

त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।

भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बेचन झाविरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

 

Untitled
Untitled
Untitled