२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काँग्रेसका बहादुरसिंह लामा वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, शपथ बुधवार

Untitled
Untitled
Untitled

हेटौंडा, वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मंगबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दावी पेस गरेका थिए।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दावी पेश गर्न सूचना जारी गरेका थिए।

एमाले र कांग्रेसको समर्थनमा दावी पेस गरेका लामालाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए।

१३ मन्त्रालय रहेको वागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालय सहित ७ वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमती भएको छ।

एमालेले प्रदेश सरकारमा जाने सबै मन्त्री र उनीहरूको विभाग टुंग्याउँदा कांग्रेसले भने हालसम्म मुख्यमन्त्री बाहेक अन्य मन्त्रीको नामको समेत टुंगो लगाउन सकेको छैन।

Untitled
Untitled
Untitled