२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बोलाइएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै छन् ।

उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत ३० असारमा चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए ।

Untitled
Untitled
Untitled