२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ- नारायणघाट सडक फेरि अवरुद्ध, सयौं सवारी साधनको लामो लाइन

Untitled
Untitled
Untitled

चितवन, पहिरो खसेपछि मुग्लिङ– नारायणघाट सडक अवरुद्ध भएको भएको छ ।

चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोले सडक बन्दहुँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ । काठमाडौँबाट बाहिरिँदै गरेका र काठमाडौँ भित्रिँदै गरेका हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन् ।

 

Untitled
Untitled
Untitled