२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एक वर्षमा दुई लाख भक्तजनले गरे पाथीभरा देवीको दर्शन

Untitled
Untitled
Untitled

ताप्लेजुङ, एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् ।

आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए ।

यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ ।

बडादसैँपछि चैतेदसैँ ९रामनवमी०का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ ।

समितिका अनुसार मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् ।

त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् ।

जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।

वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ ।

काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।

Untitled
Untitled
Untitled