२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रास्वापाको दोस्रो स्थापना दिवसमा पुगे प्रधानमन्त्री सहित देउवा, ओली र नेपाल लगायतका नेता

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूलाई बोलाइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका छन् ।

चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको छ । त्यस्तै गाँजा, अल्लोको रेसाबाट बनाइएको उत्पादनसमेत प्रदर्शनीमा राखिएको छ ।

चियापान समारोहमा आउनेहरूलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहित पार्टीका नेता र सांसदहरूले स्वागत गरिरहेका छन् ।

पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधिसभामा २१ सीटका साथ रास्वपा चौथो ठूलो दल बनिसकेको छ ।

रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड सरकारमा ४ जना मन्त्री छन् ।

Untitled
Untitled
Untitled