२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कोशी, गण्डकी र बागमतीमा वर्षा, बाँकी भेगमा आंशिक बदली

Untitled
Untitled
Untitled

काठमाण्डू, कोशी प्रदेश, मधेस, बागमती र गण्डकीमा पूर्ण बदली भएको छ ।

बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थान तथा बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती भने कोशी , मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही एक दुई स्थानमा वर्षा हुनेछ भने बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिम तर्फ सक्रिय भएपछि वर्षा सुरु भएको हो ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा २३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धरानमा १४४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Untitled
Untitled
Untitled