काठमाण्डू, नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनलाई मेडिसिटी अस्पताल लैजाने बुझिएको छ ।
सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्याइएको थियो ।
धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३र३ दिनको म्याद थपेको छ ।
दोस्रो पटक म्याद थपेकै दिन साँझ उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगियो ।


































