२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना हुँदा ३ को मृत्यु, बेहुलासहित ५२ घाइते

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

सिन्धुपाल्चोकमा बेहुली लिएर आउँदै गरेका जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे लगिएको प्रहरीले जनाएको छ ।

Untitled
Untitled
Untitled