२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दै छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न आवाज उठाइरहेका बेला सरकारले संसद्को चालू अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले दलको बैठक बोलाएका हुन् ।

दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने र त्योभन्दा अघि संसदीय दल कार्यसमितिको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका नाममा संसद् अवरुद्ध पारेको भन्दै सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

Untitled
Untitled
Untitled