काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर मनाइने होली पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
होली मनाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । प्रहरीले पनि चेकजाँचमा कडाइ गरेको छ ।
























































