२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

स्वास्थ्य कमजोर बन्दै गएपछि सुुन काण्डमा प्रहरी नियन्त्रणमा रहेका माओवादी उपाध्यक्ष महराको बयान आजै सक्ने तयारी

Untitled
Untitled
Untitled

काठमाडौं, सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान आज सक्ने तयारी गरिएको छ ।

सरकारी वकिलको कार्यालयमा हिजोदेखि सुरु गरिएको बयान लिने काम आज सक्ने तयारी गरिएको हो ।

महराको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छिटो अनुसन्धान गरी पुरक प्रतिवेदन बुझाउने बताएको छ ।

बयानका लागि महरालाई आज पनि नर्भिक अस्पतालबाटै सरकारी वकिलको कार्यालय लगिने छ । स्वास्थ्यको कारण देखाउदै महरालाई प्रहरी हिरासतमा नराखी अस्पतालमा राखिएको हो ।

काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको चार दिनको अनुमति आज सकिँदैछ । महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति मागिने सीआइबीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए । यही प्रकरणमा महराका कान्छा छोरा राहुललाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भेपभित्रको ९ केजी र ब्रेक सुभित्रको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको सिआइबीले पूर्वसभामुख महरालाई यसअघि सामान्य सोधपुछ गरी कागजी बयान लिएर छाडेको थियो ।

Untitled
Untitled
Untitled