२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

समूहगत छलफलको सुझाव प्रस्तुतीसँगै कांग्रेस महासमिति बैठक आज सकिदै

Untitled
Untitled
Untitled

काठमाडौं, ललितपुरको गोदावरीमा जारी नेपाली काँग्रेसको महासमिति बैठक आज सकिदैछ । समूहगत छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुन लागेको हो ।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गर्नेछन् ।

दिउँसो समापन समारोहको कार्यसूची रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै प्रवक्ता डा। प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हिजो पाँच प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो । बन्दसत्रको शुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् ।

Untitled
Untitled
Untitled