२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौं, आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट जोगिन अनुरोधसमेत गरेको छ ।

 

Untitled
Untitled
Untitled