काठमाडौं, राजधानीका विभिन्न स्थानमा आजदेखि केहि दिन विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइनको भूमिगत गर्ने काम भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणका अनुसार आज चपली तथा बूढानीलकण्ठ र भोलि गोंगबु बसपार्क आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै शुक्रबार चपली तथा हात्तीगौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।



































