२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमालेको संकल्प यात्रा आज धनकुटा पुग्दै, बसन्तपुरमा आमसभा

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेको संकल्प यात्राको टोली आज धनकुटा पुग्दै छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा धनकुटा पुग्न लागेको हो ।

पाचथर पुगेर यात्रा सकिने छ । संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराउने एमाले धनकुटाको तयारी छ ।

अध्यक्ष केपी ओली नेतृत्वको टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवाका कार्यक्रममा सहभागिता जनाउने छ । बसन्तपुरमा भने बृहत आमसभाको तयारी गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले बताए ।

धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट दिउसो संयुक्त रुपमा गर्न लागिएको आमसभामा १५ हजार भन्दा बढी मानिस सहभागि गराउने एमालेको तयारी छ ।

यसअघि, लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गर्ने छ ।

पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग ओलीले अन्तरक्रिया गर्नेछन् । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने छ ।

 

Untitled
Untitled
Untitled