२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले टोली आज कोशी प्रदेश प्रवेश गर्दै, पहिचान पक्षधर उत्तेजित, सुरक्षा व्यवस्थामा कडाई

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेको संकल्प यात्रा आज कोशी प्रदेश प्रवेश गरेसँगै पूर्वको सुरक्षा कडा पारिएको छ । पहिचान पक्षधरले आजैदेखि सो क्षेत्रमा बन्द आव्हान गरेको छ ।

एमालेको टोली आज साँझ उदयपुरको घुर्मी पुग्ने भएको छ । सुदूरपश्चिमको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज साँझ कोशी प्रदेश पुग्ने भएको हो ।

एमालेको यात्रालाई कोशी प्रदेशमा अवरोध पु¥याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन् । उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराईसहितका नेताहरू यात्रामा सहभागी भए अवरोध गर्ने उनीहरूले चेतावनी दिएका छन् । ओलीसहितका नेता सहभागी नभए एमालेको कार्यक्रम अवरोध नगर्ने उनीहरुको भनाइ छ ।

एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ ।

नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एमालेको कार्यक्रमलाई लक्षित गर्दै मधेस प्रदेश र वागमती प्रदेशबाट समेत सुरक्षाकर्मी मगाइएको छ ।

मध्यपहाडी सुरक्षा केन्द्रित कार्यक्रमलाई प्रहरीले एमालेको कार्यक्रम समापन हुने दिन पुस २ सम्मै प्रभावकारी बनाइने बताएको छ ।

कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।

यसअघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली विहान सिन्धुलीको खुर्कोट पुग्ने छ । एमाले टोली विहान खुर्कोट पुग्ने एमालेले जनाएको छ ।

नेकपा एमालेका संस्थापक नेता ऋषिराज देवकोटाको जन्मस्थल खुर्कोटमा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

त्यस्तै ओलीले सिन्धुलीमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे बुझ्ने छ ।

ओलीले आजै सिन्धुली, उदयपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Untitled
Untitled
Untitled