२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राज्य व्यवस्था समितिले एनसेल प्रकरणमा बोलायो प्रधानमन्त्री दाहाललाई

Untitled
Untitled
Untitled

काठमाडौ, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार (२५ गते) बैठकमा बोलाएर एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो।

त्यसैगरी सोही दिन प्रधानमन्त्री दाहालसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए।

उनले भने, ‘२५ गते सोमवार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गरौँ।

प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौँ आजै।’समितिले प्रधान सेनापतिलाई आगामी बुधवार (२७ गते) काठमाडौं(तराई/मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले जानकारी दिए।

उनले भने, ‘रक्षा मन्त्रालयसँग समन्वय गरेर यही मंसिर २७ गते बुधबार प्रधान सेनापतिसहित उपस्थिति गराएर फास्टट्रयाकको सम्बन्धमा उहाँले आएर ब्रिफिङ गर्ने कार्यक्रम छ।

र त्यस दिन कति गतिमा भयोरु कति रकम खर्च भयोरु कति हुँदैछरु कुन गतिमा पुग्योरु कहाँ जाने होरु त्यो बारेमा प्रधान सेनापतिले राज्य व्यवस्था समितिले जानकारी गराउने कार्यक्रम भएको जानकारी गराउन चाहन्छु।’

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गरे।

 

Untitled
Untitled
Untitled