२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मध्यपहाडी यात्रामा रहेको एमालेले आज सुर्खेतमा सभा गर्दै

Untitled
Untitled
Untitled

सुर्खेत, नेकपा एमालेले आफ्नो संकल्प यात्राको पाँचौ दिन आज सुर्खेतमा आमसभा गर्दै छ ।

आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने एमालेले जनाएको छ । आजको यात्रा ७१ किलोमिटरको हुने छ ।

हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म एमाले टोलीले १ सय ५४ किलोमिटरको यात्रा तय गरेको थियो ।

दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग नेतृत्वले सामुहिक भेटघाट गर्ने छ । एमाले टोलीले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन गर्ने कार्यतालिका बनाएको छ ।

यसैगरी अध्यक्ष केपी ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ । विहान खाना दैलेखमा खाएपछि टोली सुर्खेत हिड्ने छ ।

सुर्खेतको वीरेन्द्रनगरमा दिउँसो ३ बजे हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।

 

Untitled
Untitled
Untitled