काठमाडौं, नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ ।
अधिवेशनअन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिकाअनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ ।
तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ ।
अपरान्ह ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपरान्ह ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले बिहीबार बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुनेछ ।
अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् ।


































