काठमाडौं, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर समूहको बैठक बोलाएका छन् । नेता डा. कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा बैठक बोलाएका हुन्।
केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले राखेको सो रणनीतिक बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनअघिसम्म देउवा समूहमा रहेका शर्माले महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठेर जितेका थिए ।
कृष्ण सिटौला समूहमा रहेका नेता पौडेल भने सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्री उठेर पराजित भएका थिए ।
गत आमनिर्वाचनपछि कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको चुनावमा शर्मा र पौडेलले गगन थापालाई सहयोग गरेका थिए ।
गगन सभापति देउवासँग संसदीय दलको नेतामा पराजित भएका थिए । कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा बस्ने तय भएको छ।
सो बैठकमा बलियो रुपमा प्रस्तुत भएर देउवालाई साइजमा ल्याउन रणनीतिमा इतर समूह छ ।

































