२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

बुधबारदेखि पठनपाठनबन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौं आउने, वार्तामा बस्न मन्त्रालयले गरेको आग्रह मानेनन्

Untitled
Untitled
Untitled

काठमाडौं, देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर भोलि बुधबारदेखि आन्दोलनको तयारी गरेका छन् ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका १ लाख जना शिक्षक भोलिदेखि काठमाडौं आएर आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी छ ।

विधेयकमा शिक्षकलाई पालिका तहमा राख्ने विषयमा उनीहरुको सबैभन्दा ठूलो विरोध रहेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

ठाउँ ठाउँमा विद्लय नै सूचना निकालेर भोलिदेखि पढाइ प्रभावित हुन सक्ने जनाइसकेका छन् ।

यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव भगवान् अर्यालले सोमबार राति विज्ञप्ति निकालेर आज मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन् ।

विधेयकलाई अन्तिम रुप दिनुअघि दाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Untitled
Untitled
Untitled