२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौं, शनिवार सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावा–हुरी चल्ने पूर्वानुमान गरिएको छ ।

राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ–गर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

Untitled
Untitled
Untitled