२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंसहित देशका धेरै ठाउँमा झरी, केही ठाउँमा भारी वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौं, अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुन देशभर नै सक्रिय रहेकाले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलाली, प्यूठान, काठमाडौं उपत्यका, पाल्पा, स्यांजा, झापा लगातका ठाउँमा अहिले ठूलो पानी परिरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

 

Untitled
Untitled
Untitled