२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तापक्रम शून्य डिग्री भर्यो, जाडो छल्न आगो ताप्दै हुम्लावासी

Untitled
Untitled
Untitled

हुम्ला, हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ ।

बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।

जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा आगो बालेर ताप्नु परेको हो ।
सिमकोट लगायत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ ।

सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउसोबाट पानी पर्न सुरु भएपछि आगो बालेर कर्मचारीलाई ताप्नु परेको हो । यो अवस्था आज पनि उस्तै रहेको छ ।

देशभर गर्मीले तातो हावा चलेर लु लाग्ने डर भई रहेका बेला हुम्लामा भने चिसोले गर्दा आगो ताप्नु पर्ने बाध्यता आई लागेको हो ।

सदरमुकाम सिमकोटमा पानी परि रहेको भए पनि अग्ला डाँडामा भने हिमपात भई रहेको छ । उनले कम्प्युटरमा काम गर्न नसकिने र दिनभर काम गरेर चिसो भएपछि आगो बालिएको बताइन ।

बजार क्षेत्रमा पनि मानिसहरू बाक्ला कपडा लगाएर निस्की रहेका छन् । अन्यत्र पनि बाहिर आगो बालेर स्थानीयले ताती रहेका छन् ।

नाम्खा गाउँपालिकाका अग्ला क्षेत्रमा समेत हिमपात भई रहेको कारण त्यहाँ चिसो निक्कै बढेको छ ।

Untitled
Untitled
Untitled