२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कर्णाली कोरिडोरको लाली बगर सुनाखाडा कच्ची सडक निर्माण

Untitled
Untitled
Untitled

हुम्ला, कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत पर्ने सुनाखाडा र लाली बगर क्षेत्रको सडकको निर्माण कार्य पूूरा गरेको छ ।

निर्माण कार्य सुरु गरेको एक वर्ष अवधि लगाएर नेपाली सेनाले कडा चट्टानी भीर सहित सडकको निर्माण कार्य पूूरा गरेको हो ।

खार्पुनाथ गाउँपालिका –१ का वडा अध्यक्ष जयबहादुर शाहीले कर्णाली कोरिडोरको हुम्ला खण्डको सुनाखाडादेखि लाली बगरको लिग्यासम्मको सडकको निर्माण कार्य नेपाली सेनाले पुरा गरेको बताए ।

सो क्षेत्रमा गत वर्ष जेठबाट नेपाली सेनाले काम सुरु गरेको हो । सुनाखाडा खण्डको पाँच सय मिटर र लिग्या क्षेत्रको दुई सय मिटर चट्टानी भीरलाई विस्फोट गरेर सडक निर्माण कार्य पूूरा भएको हो ।

नेपाली सेनाले सो खण्डमा स्तरीय सडक निर्माण गरेको बताउँदै उहाँले अब राष्ट्रिय सडक सञ्जालसँग जोडिने दिन नजिक आएको बताए ।

कर्णाली कोरिडोर सडक निर्माण आयोजना सुनाखाडाले निक्कै असजिलो क्षेत्रमा पर्ने दुई स्थानमा आठ महिना समय लगाएर विस्फोट गर्ने कार्य, मेशिनबाट निर्माण र कामदार लगाएसँगै काम सम्पन्न भएको जनाएको छ ।

सात किलो मिटर लम्बाई रहेको सुनाखाडा र लाली बगरको लिग्यासम्मको सडकको ट्र्याक खुलाउने, ढुङ्गा पन्छाउने, माटो सम्म्याउने, छेउमा गाह्रो लगाउने र सिमेन्टको समेत काम सम्पन्न भएर गाडी सञ्चालन गर्न सकिने गरी सडक निर्माण कार्य पूूरा भएको सेनाले जनाएको छ ।

सो क्षेत्रमा सडकको सम्पूर्ण गर्नु पर्ने कार्य सेनाले पूूरा गरेको छ । दुवै चट्टानी भीरको उचाइ पच्चीसदेखि साठी मिटरसम्म रहेको र त्यो चट्टानलाई विस्फोट गरेर सडक निर्माण गरिएको हो ।

सडक निर्माण कार्य पुरा भएपछि यसअघि पैदल यात्रु मात्र सो खण्डमा हिँड्ने गरेको तर खच्चड तथा अन्य पशु बस्तु सुनाखाडाबाट उकालो लागेर देउखुरी, लाली, पिउस हुँदै बोक्चे गौडामा निक्सने गरेकोमा हाल निर्माण भएको सडकबाट खच्चड हिँड्न सुरु भएको छ ।

हाल सेनाले छोरेदेखि बिउ बार क्षेत्रको चट्टानी भीरमा काम गरी रहेको छ । गत वर्ष फागुन महिनाबाट उक्त क्षेत्रमा सेनाले काम सुरु गरेको थियो ।

सर्के गार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको एघार किलो मिटर सडकको निर्माण गर्ने जिम्मा नेपाल सरकारले सेनालाई दिएको थियो ।

Untitled
Untitled
Untitled