२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बैतडीको झौलेक भिरमा जीप दुर्घटना, छ जनाको मृत्यु

Untitled
Untitled
Untitled

बैतडी, बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।

पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जीप करिब पाँचसय मिटर तल भिरमा खसेको छ ।

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जीप राति ११  बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा (वर्ष ६०) गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी (४५) वीरे धामी (४५) को मृत्यु भएको छ। मृतक सबै बझाङका हुन्।

जीपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ ।

चालक भने सम्पर्कमा छैनन् । झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जीप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताइएको छ।

जीप पछाडि बसेका पाँच जनाले सडकमै हाम फालेर बाच्न सफल भएको बताएका छन्। घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुगेका छन् ।

 

Untitled
Untitled
Untitled