२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पत्रकार महासंघ काठमाडौ शाखाले प्रदान गर्ने आदर्श पत्रकारिता पुरस्कार पूर्वअध्यक्ष नेपाललाई

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार १११ रुपियाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

महासंघ काठमाडौ शाखाको शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत हुन् ।

Untitled
Untitled
Untitled