२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

उदयपुरमा आगलागी, एकैघरका दुई बालबालिकाको जलेर मृत्यु

Untitled
Untitled
Untitled

उदयपुर, उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेशकुमार पोदारले जानकारी दिए।

शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको डीएसपी पोदारको भनाई छ।

‘घरमा अभिभावक नभएको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो,’ पोदारले भने, ‘बुवाआमा काममा घर बाहिर गएको बेला आगलागी भएछ।

छिमेकीले गएर आगो निभाउँदा घरभित्रै मृत्यु भइसकेको अवस्थामा बालबालिकाको शव फेला परेको हो।’

आगलागीबाट मगरको घरसमेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

Untitled
Untitled
Untitled