२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

स्पेनको टोमाटो फेस्टिभलको झल्को काठमाडौंमा

Untitled
Untitled
Untitled

काठमाडौं, स्पेनको टोमाटो फेस्टिभलको झल्को काठमाडौंमा देखिएको छ। काठमाडौंको लैनचौरमा टोमाटोको होली खेलिएको हो।

रङहरूको पर्व, होली । विभिन्न रङ्गीचङ्गी रङहरू एकअर्कालाई लगाइदिएर मनाइएको छ । तर, फागुपूर्णिमाको अवसरमा नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि टोमाटोको होली पनि थपिएको हो ।

टमाटरको होलीमा जे देखियो (तस्बिरहरू)

काठमाडौंको लैनचौरमा एक अर्कालाई टमाटर प्रहार गरेर होली पर्व मनाइएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले आयोजना गरेको ‘ला टोमाटिनो फेस्टिभल’मा टमाटरको होली खेलिएको हो ।

 

Tomato Holi (3)1678103387.JPG

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको छ ।

स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँकेर टमाटरमै लडिबुडी गर्दै रमाइलो गर्ने परम्परालाई होलीको अवसरमा त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टमाटरको होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।

Tomato Holi (17)1678103447.JPG

आयोजकले नेपालको संस्कृतिलाई युरोपको स्पेनमा मनाइने ‘ला टोमाटिनो फेस्टिभल’सँग जोड्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ ।

फेस्टिभलमा टमाटरमाथि कबडी प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई दुई दिनको पोखरा टुरको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

काउन्सिलले अब हरेक वर्ष ‘ला टोमाटिनो फेस्टिभल’को आयोजना गर्ने अध्यक्ष धर्मेन्द्र सापकोटाले गरे ।

 

 

Untitled
Untitled
Untitled