२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

पशुपति क्षेत्र बिकास कोषले गर्यो शिवरात्रिमा आएका साधुसन्तलाई दक्षिणा दिएर बिदा

Nabil Bank

काठमाडौँ, महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको बताए ।

शिवरात्रिका बेला उनीहरुले भक्तजनबाट प्रशस्त दक्षिणा पनि पाएको भन्दै उनले यो भने आफूहरूले कोषको तर्फबाट दक्षिणास्वरुप दिने प्रचलनअनुसार दिइएको बताए । उनले सबैलाई एउटा रुद्राक्षको माला पनि दान दिइएको बताए ।

यसैबीच दक्षिणा कम दिइएको भन्दै केही साधु सन्तले असन्तुष्टि समेत पोखेका थिए । फागुन ६ गते परेको महाशिवरात्रिमा नेपाल र भारतबाट साधुसन्त आएका थिए ।