२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

लगातार दुर्घटना भइरहेपछि यती एयरलाइन्सले लगायो महायज्ञ, गरियो सबै विमानको पूजा

Untitled
Untitled
Untitled

काठमाडौं, माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै यती एयरलाइन्सले पशुपतिनाथ मन्दिर परिसरमा तीन दिने महायज्ञ सम्पन्न गरेको छ।

धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शंकराचार्य पीठ वेदवेदाङ्ग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो।

महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो। विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध महसुस गरी उनीहरूमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् र दिवङ्गत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

 

Untitled
Untitled
Untitled