२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

डोटीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

Untitled
Untitled
Untitled

दिपायल, डोटीमा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका १ डुम्रा कोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा केआइसिंह गाउँपालिका १ डुम्रा कोटका २७ वर्षीय तेज तिरुवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्रा कोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन् ।

सामान्य घाइतेहरूलाई उद्धार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार यात्रुहरू शुक्रवार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्भ गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो ।

शुक्रवार राति ११ः३० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।

Untitled
Untitled
Untitled