२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ट्राफिक नियम उल्लङ्घनमा कारबाही अभियान तीब्र, २४ घण्टामा १,९९४ चालक कारबाही, ५ लाखभन्दा बढी राजस्व संकलन

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ ।

विभिन्न प्रकारका ट्राफिक नियम तोड्ने १ हजार ९९४ जना चालकलाई जरिवाना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १२७ चालक कारबाहीमा परेका छन् ।

त्यस्तै, नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १४२ चालकलाई पनि जरिवाना गरिएको छ ।

ट्राफिक संकेत बत्ती ९सिग्नल० उल्लङ्घन गर्ने १४९ जना र अत्यधिक गतिमा सवारी चलाउने १०३ चालकलाई समेत कारबाही गरिएको छ ।

लेन अनुशासन पालना नगर्ने १५८ जना चालक पनि प्रहरी कारबाहीको दायरामा परेका छन् ।

त्यसैगरी निषेधित स्थानमा हर्न बजाउने १३० जना, फुटपाथ वा सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना तथा एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ९५ जनालाई पनि जरिवाना गरिएको छ ।

अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने थप ९६२ चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र अनुशासन कायम राख्न नियमित अनुगमन तथा कारबाही अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

Untitled
Untitled
Untitled