२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ।

यस क्रममा दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले भने, ‘मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

यस्तै राति कोशी प्रदेशलगायत देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल देखिनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled