२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले तिरेनन् भृकुटीमण्डप व्यवस्थापन विभागलाई करिब ६२ लाख भाडा

Untitled
Untitled
Untitled

काठमाण्डू, ऋषि धमला अध्यक्ष रहेको भृकुटीमण्डपमा स्टल संचालन गर्दै आएको रिपोर्टस क्लबले ६१ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले बक्यौता रहेकाको सूची तयार, म्याद तोकेर भुक्तानीका लागि पत्र पठाउने तयार गरेको छ ।

भाडामा दिएका विभिन्न संरचना र स्टलको बक्यौता रकम करिब ९ करोड पुगेको छ ।

विभागको पछिल्लो आर्थिक विवरण अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न संघ–संस्था र व्यक्तिबाट असुल गर्नुपर्ने कुल बक्यौता रकम ८ करोड ८५ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ ९९ पैसा पुगेको छ ।

Untitled
Untitled
Untitled