२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जेनजी आन्दोलनका बेला खटिएका प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न निर्देशन

Untitled
Untitled
Untitled

काठमाण्डू, जेनजी आन्दोलनका बेला क्षति भएको क्षेत्रमा खटिएका प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयले निर्देश नदिएको छ।

जेनजीले गरेको भदौ २३ को आन्दोलन र भदौ २४ गते भएको तोडफोड र आगजनीसम्बन्धमा छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले ती प्रहरी अधिकारीहरूलाई कुनै पनि बेला छानबिनका लागि बोलाउनुपर्ने उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयलाई आइतबार पत्राचार गरेको थियो।

सोही पत्राचारका आधारमा जेनजी आन्दोलनमा बेला खटिएका प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो।

Untitled
Untitled
Untitled