२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

नवनियुक्त तीन मन्त्रीको शपथ साढे ११ बजे

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज साढे ११ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११:३० बजे शपथ खुवाइने भएको हो।

प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए ।

यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी थिइन् भने साँझ तीनजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेकी थिइन् ।

Untitled
Untitled
Untitled