२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स र थापाथलीस्थित सिजी मोटर्सका शोरुमहरूमा व्यापक क्षति

Untitled
Untitled
Untitled

काठमाण्डू, चौधरी समूहअन्तर्गतको सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स र थापाथलीस्थित सिजी मोटर्सका शोरुमहरूमा व्यापक तोडफोड र आगजनी भएको छ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सतुंगलको सिजीपार्कमा रहेको इलेक्ट्रोनिक्स शोरुममा पर्खाल भत्काएर प्रवेश गरी टिभी, फ्रिज, मिक्सर ग्राइन्डरलगायतका घरायसी सामान लुटपाट गरेका थिए।

त्यसपछि आगजनी गरिँदा वेयरहाउसमा राखिएका दसैंका लागि तयारी गरिएको करिब ५० अर्ब रुपैयाँ बराबरको सामान नष्ट भएको बताइएको छ।

त्यस्तै, थापाथलीस्थित सिजी मोटर्सको शोरुममा पनि आन्दोलनकारीहरूले पूर्ण रूपमा तोडफोड र आगजनी गरेका छन्।

घटनामा सवारीसाधन, मोटरसाइकल र अन्य भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

Untitled
Untitled
Untitled