२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी करिडोर एक तर्फी सञ्चालनमा

Untitled
Untitled
Untitled

गुल्मी, पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी करिडोर एक तर्फी सञ्चालनमा आएको छ ।

कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।

शुक्रबार बिहान सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन ।

दुई तर्फी रुपमा सञ्चालनका लागि एक्साभेटरहरु प्रयोग भए पनि रातिदेखि ठूलो पानी परेकाले समस्या भएको उनको भनाइ छ ।

वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

Untitled
Untitled
Untitled