२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पोखरामा बस दुर्घटनाका २६ जना घाइते मध्ये ४ को अवस्था गम्भीर

Untitled
Untitled
Untitled

पोखरा, पोखरा २२ स्थित विश्वशान्ति स्तूपबाट फर्किदैं गएको यात्रुबहाक माईक्रोबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

बुधवार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारको लागि एम्बुलेन्सहरु परिचालन गरिएको छ । स्वयं प्रहरीको भ्यानले पनि घाइतेका उद्धार गरेको छ ।

प्रहरीका अनुसार बसमा अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ । घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ ।

Untitled
Untitled
Untitled