२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

Untitled
Untitled
Untitled

काठमाण्डू, सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा त्यसका लागि वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्न संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको भन्दै यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार बैठकले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आआफ्नो कार्य थलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको छ ।

Untitled
Untitled
Untitled