एजेन्सी, रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आज आधिकारिक उम्मेदवार मनोनित गर्दैछ ।
मिलवाकीमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो ।
सम्मेलनलाई ट्रम्पले पनि सम्वोधन गर्नेछन् । पेन्सीलभेनियामा चुनावी सभामा भएको गोलीकाण्ड पछि ट्रम्प आज पहिलो पटक सार्वजनिक समारोहमा भाषण गर्न लागेका छन् ।
उता डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवारी छोड्न दबाब बढ्दै गएको छ ।
उनकै पार्टीका नेता कार्यकर्तादेखि ठूला चन्दादाताहरुले समेत बाइडेनलाई चुनावी दौडबाट पछि हट्न दबाब दिइरहेका छन् ।
बाइडेन अहिले कोभिड संक्रमणपछि घरमै आराम गरेर बसीरहेका छन् ।