२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ब्राजिलमा आँधीपछिको बाढी, ५५ को मृत्यु, ७४ जना अझै बेपत्ता

Untitled
Untitled
Untitled

एजेन्सी, गत शनिबार आएको आँधीपछिको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ । यस्तै, अझै ७४ जना बेपत्ता छन् ।

ब्राजिलको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।

निरन्तर वर्षाको सम्भावनाबीच अहिले करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।

बाढीका कारण त्यहाँका २ सयभन्दा बढी सहर प्रभावित भएका छन् । हावाहुरीका कारण पनि धेरै ठाउँमा क्षति पुगेको छ ।

बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

Untitled
Untitled
Untitled